Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा विकास निर्माणका १५ बुँदे माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३१ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै शनिबार बेलुकीदेखि बर्दियामा आमरण अनसनमा बस्नुभएको छ ।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित गौतम बर्दियाको जब्दीघाटस्थित भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशनमा बस्नु भएको हो ।

उहाँको बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग रहेका छन् ।

उहाँको मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल तत्काल निर्माण गर्नुपर्ने रहेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने गरी बनाइएको पुल उदघाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो । पप्पु कन्स्ट्रक्सनले उक्त पुल बनाएको थियो ।

सांसद गौतमसँगै प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी पनि आमरण अनशनमा बस्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४