Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगलादेशमा आज शक्तिशाली आँधी आउने चेतावनी ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३१ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । बंगलादेशमा आँधीको चेतावनीसँगै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो । मोचा नामको आँधीले आइतबार साँझ जमिनको सतहमा टक्कर दिने प्रक्षेपण गरिएको छ । प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको मुख्य प्रभाव बंगलादेशको कक्स बजारमा पर्ने सक्ने आँकलन गरिएको छ ।

सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी घरहरुमा बसोबास गर्दै आएका छन् । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ । आँधीको साइरनसहित रातो झण्डा फहराईएको छ । यसैबीच पोखरीमा माछा मार्ने काम बन्द गर्न माझीहरुलाई आदेश दिइएको छ ।

केही दिनसम्म सक्रिय रहने मोचा आँधीले बाढी पहिरो समेत आउन सक्ने चेतावनी पनि जारी गरिएको छ । बंगलादेशको दुई दशकको इतिहासमा आउन लागेको सबै भन्दा शक्तिशाली आँधी हुने अनुमान मौसम विदहरुले गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४