Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सक्कली शरणार्थीहरु भने गैरनागरिक भएर बाँचिरहेका छन्’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३० २०८०
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको प्रकरणमा ‘हाइप्रोफाइ’का व्यक्तिहरू धमाधम तानिइरहँदा सक्कली शरणार्थी भने गैरनागरिक भएर बाँच्नुको पीडाले उठी सुख, न बसी सुखको अवस्थामा छन् ।

दशकौंसम्म शरणार्थीको दर्जा नपाउँदा उनीहरुको दैनिकी नै प्रभावित हुँदै आएको छ । यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजार भन्दा धेरै भुटानी शरणार्थीलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो । त्यसमध्ये झन्डै एक लाख शरणार्थी अमेरिका पुनर्वास भएका छन् । अझै हजार बढी शरणार्थी झापाको बेलडाँगीमा आश्रय लिएर बसेका छन् ।

नक्कली शरणार्थीका नाममा अरबौंको गोरखधन्दा चलिरहँदा सक्कली शरणार्थीले भोगेको अवस्था हो । त्यसो त नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको थियो । पुनर्वासको मौका पाएर पनि माटोको मायाले जान नचाहेकाहरु बाँच्दा शिर लुकाउने र मर्दा चिहान सुरक्षित गरिदिन माग गरेको बताउँछन् ।

सक्कली शरणार्थी भने नेपाल सरकारले नागरिकता दिने विश्वासका साथ शिविरमै बसिरहेका छन् । पाका उमेरका थुप्रै शरणार्थी तेस्रो देश नजाने भनेर शिविरमै बसिरहेका छन् । पुनर्बास गएका आफन्तहरूले पठाएको सामान्य खर्चका भरमा उहाँहरूको दैनिकी चलेको छ  । रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन् ।

पुनर्वास प्रकरणमा चलखेल भएको सुनेका यहाँका सक्कली शरणार्थी ५ जना मान्छे साक्षी राखेर फारममा आफूहरुको फोटो टाँसेर लगेको र हाल उक्त फोटो झिकेर नक्कली शरणार्र्थीको फोटो टाँसी अमेरिका पठाएको आशंका गर्छन ।

विगत २५ वर्ष देखि ३५ वर्षअघिदेखि शिविरमा आश्रय लिएर बस्दै आएका भुटानी शरणार्थीहरुका अनुसार संस्थाले दिदै आएको रासन पानी हाल बन्द गरेपछि उनीहरुको जीवन सकसपूर्ण बन्दै गएको छ । भूटानी शरणार्थीको बेइज्जत गरी राष्ट्रदोह गर्नेलाई सख्त कारवाही हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४