Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“एउटा काण्ड छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन पार्टी सभापति-लामिछाने”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३० २०८०
  • 1.6K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा नेपाल सरकारको नै सफलता भन्न नसकिने बताएका छन् । शनिबार काठमाडौँको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरू अनुसन्धान भए सरकारको सफलता मान्ने बताएका छन् । उनले भुटानी शरणार्थी काण्डलाई सरकारले सुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताएका हुन्  ।रबि लामिछानेले सरकारले अन्य लाइनमा रहेको काण्डहरू अनुसन्धान अघि बढाउन रोकिन नहुने बताएका छन् । उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरूले कसैले पनि विषयान्तर गर्न नहुने बताएका छन् । उनले आफ्नो दलको लागि दोषीलाई बचाउने,छेक्ने ढाँट्ने नगर्न आग्रह गरेका हुन्  ।

रबि लामिछाने भन्छन् नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरूको उजागर भयो । विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएको देखेका छौैं । यो देशको बेइज्जत भएको होइन यो देशको इज्जत बढ्यो । पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिने हो ।

गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोसिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन । एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यति धेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरू लाइनमा छन्। ती काण्डहरू पनि अनुसन्धान हुन् । अनि हेर्छौँ । सरकारले यसलाई सुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नाङ्गी सक्यो अब किन छेक्ने ।

पार्टी सभापति रबि लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताएका छन् । उनले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिन सक्नुपर्ने बताएका छन् । पार्टी सभापति रबि लामिछानेले काण्डमा दोषी देखिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४