Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोपबहादुरको पत्र संसद सचिवालयमा बुझाउनेको खोजी, सीसीटीभी फुटेज हेर्दै सीआईबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 817
    SHARES

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई नभेटेपछि प्रहरीले उनको पत्र संसद सचिवालयमा पु¥याउनेको खोजी सुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले संसद सचिवालयबाट पत्र बुझाउन आउनेलाई पत्ता लगाउन सीसीटीभी फुटेज लगेको छ ।

उक्त सीसीटीभी फुटेजको अध्ययन गरेर प्रहरीले टोपबहादुरको पत्र ल्याएर दर्ता गर्नेको खोजी गर्ने र उनीमार्फत टोपबहादुरसम्म पुग्न खोजेको हो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । तर, प्रहरीले पक्राउ गर्न खोजेपछि उनी २० वैशाखदेखि फरार रहेका छन् । तर, गएको बुधबार आफू बिरामी भएको पत्र पठाएर उनी फरार रहेका छन् ।

बिना जानकारी प्रतिनिधि सभाको १० वटा बैठकसम्ममा अनुपस्थित भए सांसद पद नै खारेज हुने भएकाले उनले आफू बिरामी भएको भन्दै पत्र पठाएका थिए ।

प्रहरीले २० वैशाख साँझ उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीले भने रायमाझीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४