Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई “नेपाली कांग्रेसका तीन नेताको सुझाव : खुट्टा नकमाउनु होला हामी पनि सँगै छौँ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका तीन जना नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र नेपाली कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री प्रचण्ड”लाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए । नेपाली कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव दिएका थिए ।

साथै, उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी प्रधानमन्त्रीको ध्‍यानाकर्षण समेत गराएका थिए ।

प्रधानमन्त्रीको छलफलमा कोशीमा गठबन्धनको सरकार विषयमा पनि छलफल भएको थियो । कोशीमा केन्द्रको गठबन्धन अनुसारको सरकार बनाउने विषयमा समन्वय र छलफल गर्न नेपाली कांग्रेस शीर्ष नेताले थापा, शर्मा र आङ्देम्बेलाई जिम्मेवारी दिएको छन  । कोशीमा नेकपा एमालेको नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि नेपाली कांग्रेस नेताहरुले भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४