Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २६ २०८०
  • 1.6K
    SHARES

काठमाडौं। आजदेखि शुरु भएको कक्षा १२ को परीक्षामा सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा दिइने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले नेपालीमा मात्रै प्रश्न सोधिने जानकारी दिएका छन् । उनले भने ‘पोहोर कस्तो आएको थियो त्यस्तै आउँछ अर्थात नेपालीमा मात्रै प्रश्न आउँछ ।

यसअघि कार्यालयले सुझाव लिनको लागि भन्दै नेपाली अंग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि शिक्षकहरुले विरोध गरेका थिए । सामाजिक अध्ययन विषयका शिक्षकहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए । तर अहिले विदेशी विद्यार्थीहरुको लागि तयार पारिएको प्रश्नपत्र भएको नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

उनले भने, ‘विदेशी विद्यार्थीको लागि तयार पारेका थियौं । फरक फरक नराखेर एकै ठाउँमा राखिएको थियो।’ अहिले नेपालमा कत्ति विदेशी परीक्षार्थी छन् भन्ने तथ्यांक समेत नभएको उनले बताए ।

उनले भने ‘अब विद्यालयले माग गरेको अवस्थामा पठाउँछौं । कत्ति विदेशी विद्यार्थी छन् यकिन छैन । छपाई गर्नुपर्ने भएको भए त्यहि संख्याको आधारमा छाप्नुपर्ने भएकाले थाह हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४