Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण एसिया मै पहिलो पटक पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २३ २०८०
  • 1.4K
    SHARES

पोखरा । दक्षिण एसिया मै पहिलो पटक पोखरामा नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको हो ।

दुई देशबिच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमका सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबिच सम्झौता भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र नेपालस्थित चिनियाँ दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस प्रकारको बोट रेस फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना गर्न लागिएको हो । रेसका लागि चीनबाटै ८ वटा विशेष खालका बोट सहित अन्य सहभागीहरू नेपाल आउनेछन् । फेस्टिभलमा नेपालका सातै वटै प्रदेशबाट सहभागिता रहनेछ ।

यस कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने उहाँको भनाई । फेस्टिभलपछि करोडौँ मूल्यका ८ थान डुङ्गाहरू चिनियाँ पक्षको तर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने छ ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बोट रेस फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । चिनियाँ दूतावासका डीसीएम वाङ जिनले पोखरा चिनियाँ पर्यटकको लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो । कार्यक्रमले दुवै देशबिचको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा फुड फेस्टिभल समेत आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४