Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १८ २०८०
  • 1.7K
    SHARES

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग विराटनगर मजदुर आन्दोलन नै थियो । यस अवसरमा विसं २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले कारखाना र मजदूरसम्बन्धी कानुन तर्जुमा गरेर, मजदुरहरुलाई कानुनसम्मत् अधिकार प्रदान गरेको सन्दर्भ स्मरण गर्दछु ।’

मुलुकमा भएका विभिन्न चरणका राजनीतिक आन्दोलनहरुको अग्रपंक्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुने मुख्यमन्त्री पाण्डेको धारणा छ । शासन व्यवस्था संस्थागत हुने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै उनले ती समस्याहरुको क्रमैसँग समाधान गर्दै मजदूर वर्गकोे हक, हित सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख छन् । सन्देशमा उल्लेख छ, ‘मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउन सक्छ ।’

मुख्यमन्त्री पाण्डेले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी/दाजुभाइहरुमा विश्वभरका श्रमिकहरुको अधिकार स्थापित भएको दिन अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४