Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साढे दुई महिना भारतमा उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी ‘आगलागीका घटना र आगलागीपछिको मृत्युदर रोक्न काम गर्छु’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् ।

उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो । आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके आमाका लागि श्रद्धाञ्जली हुने सांसद भण्डारीले बताएका छन् ।

उनले अब नेपालमा आगलागीबाट हुने घटनाहरु कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने घोषणा पनि गरेका छन् । ‘त्यसैले मेरो अभियान हुनेछ, कुनै नेपालीले आगोमा जल्नुनपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’ भण्डारीले स्वदेश फर्केपछि जारी गरेको प्रेस नोटमा भनेका छन् ।

विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको भन्दै भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्ने बताए ।

‘म नेपाल सरकारलाई त्यो पूर्वाधारसहितको सातैवटा प्रदेशमा कमसेकम एक एक वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेट व्यवस्थ गर्न आग्रह गर्न चाहन्छु’ भण्डारीले भनेका छन् ।

संघीय सांसदका रुपमा आफ्नो कार्यकालमा आगलागीबाट हुने मृत्युदरलाई आधाले कम गर्ने लक्ष्य लिएर अभियानको नेतृत्व गर्ने भण्डारीले बताएका छन् ।

हेर्नुहोस् भण्डारीको  प्रेस नोट :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४