Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपालाई सरकारमा फर्काउने कसरतमा प्रधानमन्त्री प्रचण्ड, रास्वपाका सर्त यस्ता…


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा फर्काउने कोसिस गरिरहेका छन् । उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै चितवन २ र तनहुँ १ मा रास्वपाले सानदार जीत निकालेसँगै प्रधानमन्त्री दाहाल रास्वपालाई सरकारमा फर्काउने कसरतमा देखिएका छन् ।

बालुवाटार स्रोतका अनुसार रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री र रास्वपाका पार्टी सभापति रवि लामिछानेबीच टेलिफोन संवादसमेत भएको छ । ‘रविजीले चितवनबाट जितेसँगै प्रधानमन्त्री ज्युले उहाँलाई टेलिफोन गर्नुभएको थियो । संवादका क्रममा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा छलफल भएको थियो ।’, टेलिफोन संवादमै रविजीले समर्थन फिर्ता नलिने भन्नुभएको छ । सरकारमा सहभागी हुने बारेमा कुराकानी चलिरहेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने सरकारमा सहभागी हुनका लागि मुख्यतया तीन सर्त अघि सारेको छ । पहिलो सरकारको निरन्तरता, दोस्रो साझा न्यूनतम कार्यक्रम पुनर्लेखन र तेस्रो पुरानै मन्त्रालय ।

रास्वपाका एक नेताका अनुसार यदी सरकार दुई वर्षका लागि स्थिर रहने ग्यारेन्टी भएको अवस्थामा रास्वपा सरकारमा जानेछ । ‘अस्थिर सरकारमा सहभागी हुनुको कुनै औचित्य हुँदैन, हामी सरकारमा जाने सरकार नटिक्ने भयो भने राम्रो हुँदैन । हामी सरकारमा काम गर्न जाने हो, काम गर्नका लागि सरकार स्थिर हुनुपर्छ ।’, उनले भने, ‘अर्को कुरा भनेको सरकारले यसअघि साझा न्यूनतम कार्यक्रममा हाम्रा विषय समेटिएको भए पनि अहिले हटेको छ । हामी सरकारमा सहभागी हुनका लागि सझा न्यूनतम कार्यक्रम पूनर्लेखन हुनुपर्छ र हाम्रा विषय समेटिनुपर्छ ।’

त्यस्तै, रास्वपाले पुरानै मन्त्रालय पाए सरकारमा सहभागी हुने सम्भावना रहने ती नेताले बताएका छन् । रास्वपाले सरकारबाट बाहिरिनुअघि उपप्रधानसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएको थियो । रास्वपा सरकारबाट बाहिरिएपछि हाल गृह माओवादी, शिक्षा जसपा र श्रम मन्त्रालय लोसपाले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४