काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
उपनिर्वाचनबाट पार्टी सभापति रवि लामिछाने र अर्थविद डा.स्वर्णिम वाग्ले निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति रबि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।