Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र स्पेन सम्बन्ध ५५ वर्षमा : म्याड्रिडमा घोडा दौड हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 1.6K
    SHARES

बार्सिलोना । स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५औं वार्षिकोत्सवको अवसरमा म्याड्रिडमा घोडा दौड हुने भएको छ। नेपाली राजदूतावास म्याड्रिडको आयोजनामा मे १३ मा एक भव्य समारोहबीच नेपाली सांस्कृतिक कार्यक्रमसहित घोडा दौड हुने भएको हो ।

नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमशिखरहरु सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण हिमशिखरको नाममा ८ वटा घोडाहरुले प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

स्पेन सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरुले पनि सहभागिता जनाउने उक्त कार्यक्रममा पाँच हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा राजदूतावासले राखेको छ।

स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनको इतिहासमा नै कुनै पनि दूतावासले यति ठूलो कार्यक्रमको आयोजना गरेको पहिलो पटक रहेको बताइन् ।

घोडा दौडमा ८ वटा हिमालको नाम राख्नुको कारणबारे बोल्दै उनले भनिन्, ‘एउटा त विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् भनेर चिनाउनु नै हो।’

साथै जलवायु परिवर्तनको सांकेतिक स्वरूपका रुपमा पनि घोडा दौड नै आयोजना गरिएको राजदूत ढकालले बताइन्। ‘क्लाइमेट चेन्जले स्पेनमा पनि त पानीको कमी भइरहेको छ। त्यसले फुड सेक्युरेटीका लागि च्यालेन्ज भइरहेको छ। नेपालमा पनि पहिलेको जस्तै पानीको फ्लो छैन। एक किसिमले त्यो सांकेतिक रुपमा घोडा दौड नै गर्न लागिएको हो,’ उनले भनिन्।

साथसाथै पर्यटन प्रबर्धन, नेपाल र स्पेनको संस्कृति, रहनसहन खाना, भेषभूसाको समिश्रणलाई पनि कार्यक्रममा प्रस्तुत गरिने म्याड्रिड दूतावास जनाएको छ।

‘मैले देखेको मेरो ७ वर्षको कूटनीतिक अनुभवमा नेपालको विकासका लागि पर्यटन क्षेत्र नै हो । यसलाई नै राम्रोसँग लिएर जान सकेको खण्डमा हाम्रो देशको राम्रो आयस्रोत हुनसक्छ। यस्ता कार्यक्रमहरुबाट नै नेपालको पर्यटन प्रबर्धनमा सहयोग मिल्ने आशा लिएका छौ,’ राजदूत ढकालले थपिन्।

म्याड्रिड राजदूतावासले आयोजना गरेको कार्यक्रम सम्पन्न गर्न परराष्ट्र मन्त्रालय,नेपाल पर्यटन बोर्ड लगायत स्पेनस्थित नेपाली संघसंस्थाहरुले सहयोग गर्ने भएका छन्।

नेपाल – स्पेन कूटनीतिक सम्बन्ध

नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्व.राजा वीरेन्द्र र स्वर्गीय रानी ऐश्वर्याले सन् १९८३ मा स्पेनको राजकीय भ्रमण गरेका थिए। स्पेन भ्रमणको क्रममा दुई देशबीच सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह देव र महारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले सन् १९८७ मा नेपालको राजकीय भ्रमण गरेका थिए । सन् १९८४ जुलाईमा स्वर्गीय राजा वीरेन्द्रले स्पेनका राजा, स्पेनी जनता र स्पेन सरकारलाई हिमालयन रेड पाण्डाको एक जोडी उपहार दिएका थिए ।

नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो। भरतबहादुर रायमाझीलाई स्पेनका लागि नेपालको पहिलो राजदूतमा नियुक्त गरिएको थियो। उनी दूतावास स्थापना गर्न १० जनवरी २०१८ मा म्याड्रिड पुगेका थिए। नयाँ दिल्लीस्थित स्पेनको आवासीय दूतावासले नेपाललाई समेत हेर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४