Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातामा ११ सयले घट्यो सुनको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा ११ सय रुपैयाँले मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ ।

यो साताको पहिलो कारोबार दिनदेखि नै सुनको मूल्य घट्न थालेको थियो । आइतबार नै तोलामा ९०० रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको मूल्य मंगलबार ४०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार ३०० ले बढेको सुनको मूल्य बिहीबार १०० र शुक्रबार ५०० ले घटेको हो ।

यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १४ सय १० रुपैयाँ कायम भएको छ । यो ३५ रुपैयाँ प्रतितोलाको गिरावट हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४