Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा बैठक बस्दै, टीआरसी विधेयक अघि बढाउन विशेष समिति बनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १३ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ ।

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिमा रहने सांसदहरुको नामसहितको प्रस्तावमा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउनेछन् ।

विशेष समितिमा रहने सांसदहरूको नाम भने तय भइसकेको छैन । बैठकअघि दलहरूले छलफल गरी सांसदहरूको नाम टुंगो लगाउने बताएका छन् ।

यसअघि सरकारले यो विधेयकलाई फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो । तर, प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो ।

दुवै अडानमा नरहेर विकल्पमा विशेष समिति गठन गर्ने विषयमा प्रमुख तीन राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएपछि सोही अनुसार विशेष समिति गठन गर्न लागिएको हो ।

२५ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक) दफावार छलफलको चरणमा पुगेको छ ।

विशेष समिति गठन भएपछि यो विधेयकमाथिको दफावार छलफल सोही समितिमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४