Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवन २ : रविको प्रभाव गाउँसम्म फैलिँदा मत बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । चितवन–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

गत ४ मंसिरको चुनावमा सबभन्दा धेरै मतान्तरले सांसद चुनिएका रबी लामिछाने अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता लिने प्रकृया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका थिए । तर पुनः नेपाली नागरिकता लिएपछि १० वैशाखको उपनिर्वाचनमा उम्मेदवार बनेका रबी लामिछाने अघिल्लो पटकभन्दा बढी अर्थात कुल खसेको मतको ७० प्रतिशतभन्दा बढी मतका साथ फेरि अनुमोदित भएका छन्  ।

जबकी यो क्षेत्रमा गत  ४ मंसिरको चुनावमा भन्दा उपनिर्वाचनमा कम मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार ७८ हजार ६६४ मत खसेकामा रबि लामिछानेले ५४ हजार १७६ का साथ निर्वाचित भएका हुन्  । पाँचदलीय गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २१४ मत ल्याउन सके । रबि लामिछाने र श्रेष्ठ बीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन्  । अन्य १९ जना उम्मेदवारको जमानत जफत भयो । अघिल्लो निर्वाचनको भन्दा झण्डै ६ हजार मत कम खस्दा पनि अरु दलको मत घटेको छ भने रवि लामिछानेको मत धेरै नै बढेको छ ।

अब रोकिएन नेपाली कांग्रेस नेकपा एमालेको खुम्चिने क्रम –

गत ४ मंसिरको निर्वाचनमा ३४ हजार मतान्तरले पराजित भएका नेपाली कांग्रेस र नेकपा एमालेले यसपटक मतान्तर घटाउने रणनीति लिएका थिए । दुबै दलको दौडधुप पनि सोही अनुसार थियो । कार्यकर्ताको परिचालन पहिलाभन्दा प्रभावकारी भएको दलहरुको दाबी रहेको थियो । नेपाली कांग्रेसले ४ मंसिरको चुनावका बेलामा देखिएको आन्तरिक समस्या हल भएको दाबी गरेको थियो ।

नेकपा एमालेले जिल्ला अध्यक्ष समेत रहेका क्षेत्र नम्बर ३ का रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो । नेकपा एमालेले मिसन ग्रासरुट अभियान चलाएर पार्टी र संगठनलाई चलायमान बनाएकाले विगतमा भन्दा राम्रो नतिजा आउने अपेक्षा गरेको थियो । निर्वाचनपछि सरकारमा जानुका साथै नागरिकता र राहदानी विवादमा मुछिएका कारण स्वयं रवि लामिछानेको लोकप्रियता घटेको उनीहरुको बुझाइ थियो । नतिजा त्यस्तो आएन । बरु उनै रबि लामिछाने र उनको दलमाथि जनताले अझ विश्वास गरेको देखाएका छन ।

गत ४ मंसिरमा गठवन्धनका नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए, तर यसपटक पूर्व जिल्ला सभापति समेत रहेका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र ल्याएका छन्  । नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा भन्दा यसपटक ३ हजार ७७४ मत गुमाएको छ । नेपाली कांग्रेसको जस्तै हालत छ नेकपा एमालेको पनि  अघिल्लो निर्वाचनमा नेकपा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएकोमा यसपटक रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाउन सकेका छन्  । नेकपा एमाले पनि नेपाली कांग्रेसकै हाराहारीमा ३ हजार ७१६ मत गुमाएको देखिन्छ ।

२ वडामा नेकपा एमाले अगाडि,अरु सबै वडामा रबि लामिछानेको आक्रामक मत –

चितवनको इच्छाकामना गाउँपालिकाका ७ वटा वडा,र भरतपुर महानगरपालिकाको वडा १० र कालिका नगरपालिकाको ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछ । २८ मध्ये २ वटा बाहेक सबै वडामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार रबि लामिछानेले अरु उम्मेदवार बन्दा बढी मत ल्याएका छन् । इच्छाकामना गाउँपालिका वडा नंं १ मा नेकपा एमाले उम्मेदवार न्यौपानेले ३६७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले ३१९ मत ल्याएका थिए । तर नेकपा एमाले अगाडि रहेपनि मंसिरको तुलनामा उपनिर्वाचनमा मत गुमाएको छ । वडामा मंसिरमा नेकपा एमालेले ५५४ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ८७ मत पाएको थियो ।

इच्छाकामनाका गाउँपालिकाको बाँकी सबै वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने अगाडि रहेका हुन् । कालिका नगरपालिका वडा नं. ११ मा नेकपा एमालेले ४२३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले जम्मा २७ मत पाएका थिए । यद्यपि यहाँ पनि रवि लामिछानेले अघिल्लो पटकभन्दा मत बढाएका छन् । उनले गत ४ मंसिरमा यो वडामा जम्मा ६ मत पाएका थिए । अरु सबै वडामा रवि लामिछाने अगाडि रहेका हुन् । अर्थात मंसिरमा सहरी क्षेत्रमा रहेको रवि लामिछानेको प्रभाव यसपटक ग्रामिण भेगसम्म फैलिएको उपनिर्वाचनमा झरेको मतले देखाउँछ ।

दुई वडामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको मत घट्यो

रबि लामिछानेको मत यसपटक भरतपुर महानगरपालिकाको वडा नं. ३ र वडा नं. १० मा पहिलेको भन्दा अहिले केही घटेको देखिएको छ । भरतपुरको मुटु मानिने भरतपुर १० मा गत ४ मङ्सिरको निर्वाचनमा रबि लामिछानेले ४ हजार ३१८ ल्याएकोमा यसपटक १४४ मत कम ल्याएका छन् ।  यस पटक उनले ४ हजार १७४ मत ल्याएका छन् ।

यो वडामा अघिल्लो निर्वाचनमा नेकपा एमालेले ५३१ ल्याएकोमा यसपटक २०० मत बढाएर ७३१ ल्यायो भने नेपाली कांग्रेसको यसपटक कम मत आयो । नेपाली कांग्रेसले अघिल्लोपटक ७८० ल्याएकोमा यसपटक ६२१ मत मात्रै ल्याउन सक्यो । वडा नं. ३ मा गत ४ मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले २ हजार ४३८ मत ल्याएकोमा यसपटक २ हजार १० मत पाएका छन् । तर नेपाली कांग्रेस र नेकपा एमाले दुबैको मत घटेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४