Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचनबाट रास्वपालाई एक सिट बोनस !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 1.3K
    SHARES

काठमाडाैँ । यहिँ वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एक सिट बोनस पाएको छ । प्रतिनिधिसभामा २० सिट भएको रास्वपाको अब २१ सिट हुने भएको छ । 

चितवन क्षेत्र नम्बर २ बाट गत मंसिर ४ गतेको निर्वाचनमा रबि लामिछाने भारी मतका साथ विजयी भएपनि नागरिकता विवादमा दोषी ठहर भएपछि उनको पद गुमेको थियो । 

पद गुमेपनि रबि लामिछानेले अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै उनलाई उम्मेदवार हुने बाटो खुल्यो । सोहीअनुसार चितवन २ बाटै उम्मेदवारी लिएका रबि लामिछानेले यो उपनिर्वाचनमा “एकको बदला तीन” सार्वजनिक रुपमा बताउँदै आएका थिए । 

जसअनुसार तनहुँ क्षेत्र नं. १ बाट अर्थविद डा. स्वर्णिम वाग्ले र बारा २ बाट पुर्ब प्रहरी महानिरीक्षक रमेश खरेललाई पार्टीको तर्फबाट लडाइएकामा तनहुँको नतिजा पनि रास्वपाकै पक्षमा आएको छ । तनहुँमा डा. स्वर्णिम वाग्ले विजयी हुँदा चितवन दुईमा यसअघिको भन्दा पनि धेरै मत पाएर रबि लामिछाने विजयी भएका छन्  । 

तर, बारा २ मा भने रास्वपा पराजित हुने निश्चित देखिएको छ । रास्वपाका उम्मेदवार रमेश खरेल जारी मतगणनामा कमजोर मतका साथ चौथो स्थानमा रहेका  छन् । 

 राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवादमा आफ्नो एक पद गुमेपनि त्यसको बदलमा तीन ल्याउने आशयका साथ “एकको बदला तीन सिट” जित्ने बताउँदै आएका थिए । तर, सो योजना पुरा नहुने भएपनि रास्वपाले संसदमा एक सिट बोनस भने उपनिर्वाचनबाट पाएको छ । 

तनहुँ १ मा मंसिर ४ मा निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४