Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“रवि लामिछानेले लिए सांसद निर्वाचित भएको प्रमाणपत्र”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई प्रमाणपत्र  प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट निर्वाचित रबि लामिछानेलाई बिर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

आज सम्पन्न मतगणनाअनुसार रवि लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६२ मत बढी ल्याएर बिजयी भएका छन् । नेपाली कांग्रेसका नेता  जितनारायण श्रेष्ठको मत ११ हजार २ सय १४ रहेको छ ।

त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका नेता रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा जम्मा ७८ हजार ४ सय ६६ मत खसेको थियो ।

चितवन २ मा ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति रबि लामिछाने नै उठेका थिए ।

उक्त निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ ।

त्यतिबेला रबि लामिछानेले ४९ हजार २६४ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका पोखरेलले १४ हजार ६६७ मत पाएका थिए ।

उक्त निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी पाएका रबि लामिछानेले पाएर देशमै फराकिलो मतान्तरले विजय भएका थिए ।

अहिले भने रविले ४ मंसिरमा बनाएको आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४