Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने ५४ हजारभन्दा बढी मत ल्याएर विजयी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । चितवन २ मा रवि लामिछानेले फराकिलो मतान्तरले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार रविले ५४ हजार १ सय ७५ मत ल्याएर विजयी भएका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६२ मत बढी ल्याएका छन् । श्रेष्ठको मत ११ हजार २ सय १४ छ ।

त्यस्तै, तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा जम्मा ७८ हजार ४ सय ६६ मत खसेको थियो ।

‘निर्वाचनको अन्तिम मत परिणाम आइनसके पनि ५४ हजार भन्दा बढी मतले हाम्रो उम्मेदवार विजयी हुनु भएको भन्ने कुरा छ,’ रास्वपा उपसभापति डोलप्रसाद अर्यालले भने, ‘सम्भवतः नेपालमा अत्यधिक मतान्तर र मतले विजयी हुने हालसम्मको उम्मेदवार हाम्रो सभापति नै हो ।’

 रविको तीव्र वेग : ‘फर्स्ट एटेम्प्ट’ मै सांसददेखि उपप्रधानमन्त्रीसम्म

चितवन २ मा ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति लामिछाने नै उठेका थिए ।

उक्त निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ ।

त्यतिबेला लामिछानेले ४९ हजार २६४ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका पोखरेलले १४ हजार ६६७ मत पाएका थिए ।

उक्त निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी पाएका लामिछानेले पाएर देशमै फराकिलो मतान्तरले विजय भएका थिए ।

अहिले भने रविले ४ मंसिरमा बनाएकाे आफ्नै रेकर्ड ताेडेर नयाँ रेकर्ड बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४