Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा राष्ट्रिय सारङ्गी बादन प्रतियोगिता हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 2K
    SHARES

पोखरा । स्वर्गीय झलकमान गन्धर्वको ८८ औं जन्म जयन्तीको अवसरमा नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशालाले राष्ट्रिय सारङ्गी बादन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैशाख १५ गते बाटुलेचौरमा अडिसन र बैशाख १६ गते पोखरा सभागृहमा फाइनल हुने प्रतियोगितामा प्रथम पुरस्कार रु. ३५ हजार, दोस्रो पुरस्कार रु. २५ हजार , तेस्रो पुरस्कार रु. १५ हजार , चौथो पुरस्कार रू. ७,५०० र प्रोत्साहन / उत्कृष्ट पुरस्कार रु. २,५०० प्रदान गरिने भएको छ ।

गाईने गीत अथवा गन्धर्व संगीतलाई प्रख्यात गराउनमा मुख्य योगदान गर्ने झलकमान गन्धर्व बि.सं १९९२ साल बैशाख १२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका हुन । उनको वि.स. २०६० मंसीर ६ गते निधन भएको थियो ।

गन्धर्व समुदायको इतिहास र मौलिकतासंग झोडिएको सारङ्गी बाजा बादन, गायन , वादनलाई पुस्ता हस्तान्तरण, गन्धर्व जातीको कला, संस्कृतिको संरक्षण, संबंद्धन र विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको केन्द्रका अध्यक्ष सुर्य बहादुर गायकले बताए ।

परम्परागत सङ्गीत र त्यससँगै जोडिएको समुदायको जीविका संरक्षणमा राज्यले ध्यान नदिंदा संस्कृति लोप हुने अवस्थामा पुगेको झलकमान गन्धर्वका नाति दिनेश गायकको भनाई छ।

नेपाली मौलिक बाजा लोक संगित संरक्षण र सम्बर्द्धन र प्रचार प्रसारमा ऐतिहासिक र महत्वपूर्ण योगदान दिदै आएका गन्धर्व जातिको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हुने केन्द्रका पुर्व अध्यक्ष बलराम गायकले बताए ।

इतिहास र वर्तमान
सञ्चार साधनको पुरानो माध्यम हो गन्धर्व संगीत । गन्धर्व समुदायको इतिहास हेर्दा गाउँ र सहर ,स्वदेश र बिदेशमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्‍याइँर्‍याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने गर्दथ्ये । यो उनीहरूको पुर्ख्यौली पेसा हो। सारङ्गीको धुनले विशेष आनन्द दिने, सन्देश र समाचार हुने भएकाले उति वेला गन्धर्वहरूलाई बोलाई-बोलाई गीतसङ्गीत सुन्ने प्रचलन थियो ।

सारङ्गी भन्ने बित्तिकै सम्झने नाम हो झलकमान गन्धर्व । नेपाली लोक गीतमा उनको योगदान महत्वपूर्ण मानिन्छ। विभिन्न प्रकारका गीतहरू जस्तै झ्याउरे, कर्खा, ख्याली, भज आदि रेकर्ड गराएका झलकमानको सबैभन्दा लोकप्रीय गीत “आमाले सोध्लीन् नि खोइ छोरो भन्लिन नि” भन्ने हो जसमा युद्ध मैदानमा घाईते लाहुरेको अन्तिम सन्देसको रूपमा मार्मिक रूपले गाईएको छ।

पछिल्लो समयमा यो कला लोप हुदै गएको छ । गन्धर्व समुदायको मौलिक संगीत सारङ्गीको धुन पुरानो शैलीमा बज्न छोडिसकेको छ ।

आधुनिकता संगै फेरिएको समाजले गन्धर्व समुदायको कलालाई सम्मान नगर्नुले मौलिक संगीत लोप हुन लागेको हो । गन्धर्व जातिको पहिलेको पुस्ताले यस पेशाबाट जिविको पार्जन र सम्मान नभएकाले अहिलेका युवा पुस्ताले आफ्नो पेशालाई परिवर्तित बनाउदै लगेका छन् । विभिन्न मेला महोत्सव, दोहोरी साझ, र होटल तथा केहि रेकडिङ अदिमा बजाएर आफ्नो संस्कृति जोगाएका छन् ।

यो अवस्था नयाँ पुस्ताले यसमा पेशामा आफ्‌नो भविष्य नदेखेकाले साथै समय सापेक्ष चल्नु पर्ने भएकाले र जिवन यापनमा पनि समस्या भएकाले गन्धर्व जातिको कला संस्कृति हराउदै गएको छ ।

हाल शैक्षिक स्तरमा सुधार गर्दै मेला महोत्सवमा बजाउदै केहि हद सम्म व्यवसायिक र ससम्मानका साथ यसै कार्यमा लागेका नेपाल गन्धर्व समुदाय विकास केन्द्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४