Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“रामचन्द्र पौडेलले जित्दा जति मत ल्याइसके डा.स्वर्णिमले,मतान्तर झनै बढ्दै”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.4K
    SHARES

काठमाडौं ।  तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले २५ हजार मत कटाएका छन्। यसअघि निर्वाचित रामचन्द्र पौडेलले ल्याएजति मत स्वर्णिमले पाइसकेका हुन्।

रामचन्द्र पौडेलले गत ४ मंसिरमा २५ हजार ३ सय ६१ मत ल्याएर निर्वाचित भएका थिए। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले २५ हजार १४१ मत पाएका हुन्।

अहिलेसम्म ४८ हजार २६२ मत गणना सकिएको छ। जसमा नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईले १४ हजार ४६२ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ९१ मत पाएका छन्।

आज राति नै त्यहाँ अन्तिम परिणाम आउने सम्भावना रहेको बुझिएको छ।

यसअघि निर्वाचित नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदमा त्यहाँ उपनिर्वाचन भएको हो। तर उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सिट सुरक्षित गर्न सकेन भने नेपाली कांग्रेस छाडेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रहेका अर्थविद डा. स्वर्णिम वाग्ले निर्वाचित हुन लागेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४