Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंसिरमा नेकपा एमालेलाई आएको धेरै भोट इच्छाकामनामा यसपालि रास्वपालाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । चितवन-२को उपनिर्वाचनमा इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।  पछिल्लो मत परिणामअनुसार रवि लामिछाने अन्य प्रतिस्पर्धीभन्दा १७ सय मतले अघि छन्।

रविले ४ हजार ३५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार २०५ मत पाएका छन्। 

अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाबाट ९ हजार ४४४ मतगणना सकिएको हो।

यस पालिकामा गत मंसिरमा भएको निर्वाचनमा रवि लामिछाने तेस्रो भएका थिए। तर यसपालि उनले अन्य प्रतिस्पर्धीले भन्दा धेरै मत ल्याएका छन्।

मंसिरमा सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको थियो। यहाँ नेकपा एमालेले ३ हजार ६२३ मत पाएको थियो।

नेपाली कांग्रेसले ३ हजार २१६ मत पाएको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने २ हजार ९७५ मत पाएको थियो। 

मतगणना जारी छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सुरू भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४