Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ११ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

अहिलेसम्म १५ वडाको मत गणना सकिएको छ। 

२१२६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। यहाँ  ६३ हजार ७ सय ५७ मत खसेको छ।

अहिलेसम्मको परिणामअनुसार वाग्लेले ११२२१  मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ३४६८ मत ल्याएका छन्। 

हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी-३, आँबुखैरेनी-४,  भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु-४ र भानु-११, ऑबुखैरेनी-६, भानु-५, भानु-६, देवघाट-१ को मतगणना सकिएको हो।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१,नेपाली  कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा  नेपाली एमालेका खनालले एक सय आठ मत पाएका छन्।

आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाएका छन्।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाएका छन्।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत पाएका छन्।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाएका छन्।

भानु-४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत पाएका छन्। 

आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्। 

आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।

भानु-११ को २०१४ मतमध्ये वाग्लेले १२०२,भट्टराईले ५९३ र खनालले  १८३ मत पाएका छन्। 

आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले  १३० मत पाएका छन्। 

भानु-५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाएका छन्। 

देवघाट-१ को ११३८ मतमध्ये वाग्लेले २७८, भट्टराईले ३३३ र खनालले ४९४ मत पाएका छन्।

भानु-६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ म पाएका छन्। 

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४