Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ७ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन् । उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको ककनी गाउँपालिका अध्यक्ष सुमन लामाले जानकारी दिएका हुन्  ।

वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नु पर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।

काठमाडौंको फोहोरको जिम्मा हामिले लिएका छैनौं, यहाँ सधैं फोहोर फाल्ने अनि सम्झौता गर्ने तर कार्यान्वयन चाहिं नगर्ने ? फोहोर र मान्छे एक ठाउँमा बस्न सक्दैन’ अध्यक्ष लामाले भने । वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।

दुवै पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडि बढाउनु पर्ने माग उनीहरुले राखेका छन् । फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा भएको ईआईएको प्रतिवेदन रिपोर्ट जानकारी गराउनुपर्ने माग दुवै पालिकाको रहेको छ ।

दुवै स्थानीय तहका वडाहरुमा वार्षिक १० करोड बजेट विनियोजन गर्नु पर्ने, फोहोर रोक्ने आन्दोलन गर्दा पक्राउ पुर्जी जारी भएकाहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले राखेका छन् । हामीले अहिले अल्टिमेटम मात्रै दिएका हौं, केहि दिनमा प्रधानमन्त्रीलाई भेटेर मागबारे सुनाउँछौं, सुनुवाई भएन भने फोहोर रोक्छौं’ ककनी गाउँपालिका अध्यक्ष लामाले भनेका छन्  ।

हेर्नुहोस् संयुक्त प्रेश विज्ञप्तिः

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४