Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ६ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रम समापनका अवसरमा सकलदर्जालाई सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताए ।

उनले भने, ‘हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो ।’ प्रधानसेनापतिले सङ्गठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्णरुपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरुप सङ्गठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्  ।

कार्यक्रमा सैनिक मूल्य मान्यता, परम्परा र शिष्टाचार, सामाजिक सञ्जालको प्रयोग, भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार एवं बजेटलगायतका विषयमा सकल दर्जालाई ज्ञान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका शिक्षक र शिक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता, भर्ना छनोट, लैङ्गिक आचरण तथा उपहारसम्बन्धी आचारसंहितामा विषय विज्ञबाट ज्ञानवद्र्धक प्रस्तुति भएको थियो ।

उक्त कार्यक्रम सेनाका सम्पूर्ण युनिटमा कार्यरत सकलदर्जामा पुग्ने गरी प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४