काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकसँगै सुतेका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रविका चालक दिलबहादुर थापा गएराती भरतपुर महानगरपालिका ११ स्थित घरको अढाई तलाबाट खसेका थिए ।
सँगै सुतेका ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय चालक थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
रविका चालक राति ३ः५४ बजे अढाई तलाबाट खसेको सिसिटिभी फुटेज भेटियो, अवस्था गम्भीर
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) रामेश्वर कार्कीकाअनुसार उनी राति ३ बजेर ५४ मिनेटमा अढाई तलाबाट खसेर गम्भीर घाइते भएका हुन् ।चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा हुन् ।
‘थापा राती ३ः५४ बजे खसेको सिसिटिभी फुटेजमा देखिन्छ । टाउको र खुट्टामा गम्भीर चोट लागेको छ,’ एसपी कार्कीले भने, ‘भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा पुर्याइएका छौँ । अवस्था गम्भीर रहेको टाउकोको अप्रेसन सुरु गरिएको छ ।