Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब २ वटा मोबाइलमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले निरन्तर रुपमा नयाँ नयाँ अपडेट थप्ने गरेको छ ।

यसपटक ह्वाट्सएपले कम्पेनियन मोड नामक फिचर सुरु गरेको छ । यो फिचरको मद्धतले प्रयोगकर्तालाई मल्टी डिभाइस सपोर्ट प्राप्त हुनेछ । अर्थात् यसबाट प्रयोगकर्ताले एउटै ह्वाट्सएप अकाउन्ट एकभन्दा धेरै डिभाइसमा सजिलैसँग प्रयोग गर्न सक्नेछन् ।

ह्वाट्सएपले हालका लागि यो फिचरलाई बिटा टेस्टिंगका लागि जारी गरेको हो । छिटै नै सबै प्रयोगकर्ताका लागि यसको पूर्ण संस्करण ल्याउने ह्वाट्सएपले जनाएको छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालैमात्र Contact Edit फिचर पनि जारी गरेको छ ।

के हो Companion Mode फिचर ?

ह्वाट्सएपको कम्पेनियन मोड फिचर हाल सबै एन्ड्रोइड बिटा टेस्टरहरुका लागि उपलब्ध रहेको बताइएको छ । यो फिचर एउटा ह्वाट्सएप अकाउन्टलाई एउटा अतिरिक्त फोनमा पनि लगइन गर्ने अनुमति दिन्छ ।

अर्थात् यसबाट दुईवटा मोबाइल फोनमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिनेछ । ह्वाट्सएपले पछिल्लो केही समयदेखि यो फिचरमा काम गरिरहेको छ ।

यो फिचर मल्टी डिभाइस सपोर्टको विस्तारको रुपमा रहेको छ र यसलाई एन्ड्रोइड भर्सन २.२३.८.२ का लागि ह्वाट्सएप बिटासँगै रिलिज गरिएको हो ।

यसले कसरी काम गर्दछ ?

कम्पेनियन मोड प्रयोग गर्नका लागि तपाइँले सबैभन्दा पहिले ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुपर्दछ । त्यसपछि ह्वाट्सएप खोलेर settings मा रहेको link device मा जानु पर्दछ । त्यहाँ तपाइँले एउटा नयाँ अप्सनको रुपमा secondary mobile phone देख्नुहुनेछ । तपाइँले क्यूआर कोड स्क्यान गरेर दोश्रो मोबाइल फोनमा पनि सोही ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्नुहुन्छ ।

Contact Edit फिचर

कुनै नम्बर विना नै सेभ गरिएका ह्वाट्सएपमा कसैलाई मेसेज गर्न वा सेभ गरिएका नम्बरलाई एडिट गर्नु निकै कठीन काम हो । त्यहीँ कठिनाईलाई हटाउनका लागि ह्वाट्सएपले कन्ट्याक्ट एडिट फिचर ल्याएको छ ।

यो फिचरको मद्धतबाट फोन नम्बरहरुलाई सेभ गर्नका लागि सहज हुनेछ । ह्वाट्सएपको यो नयाँ फिचर पनि बिटा भर्सनमा देखिएको छ ।

यो अपडेटसँगै अब कुनैपनि कन्ट्याक्टलाई सम्पादन गर्नका लागि ह्वाट्सएपको एपभन्दा बाहिर निस्किनु आवश्यक हुनेछैन । हालसम्म कुनैपनि फोन नम्बर वा नामलाई ह्वाट्सएपभित्रै सच्चाउन सकिने सुविधा छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४