काठमाडौं । स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई कतारले सधाको बर्ष झै यस बर्ष पनि ईस्लाम धर्मावलम्बिहरुको पवित्र महिना रमजान को इफ्तार कार्यक्रम साथै नव बर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई कतारका कार्यवाहक अध्यक्ष हुसैन अलिको सभापतित्व रहेको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि स्या.स.स.भीरकोट नगर इकाई कतारका संरक्षक दिवन सिंह सिङ्जाली मगर र विशिस्ट अतिथिमा स्या.स.स.भीरकोट नगर इकाई कतारका प्रमुख सल्लाहकार थम नारायण रेग्मी साथै मौलाना शफिक रजा, हसन अलि अत्तारी,दिपक राज के सी,भीरकोट मुस्लिम समाजका प्रतिनिधि लगायत रहेका थिए ।
विगत लामो समय देखि सामाजिक कार्य गर्दै आएको यस संस्थाले नेपालको विभिन्न ठाउहरुमा सहयो र कतारमा बसोबास गर्ने नेपालीहरु लाई समेत आवश्यक सहयोग पनि गर्दै आएको छ ।
उक्त कार्यक्रमका आमन्त्रित अतिथिहरुको मन्तव्य पश्चात कार्यक्रमका सभापति ज्युले सभालाई आफ्नो मन्तव्य द्वारा सम्बोधन गरि कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नुभएको थियो ।
प्लाजा महलको सेन्चुरी होटलमा सम्पन्न उक्त कार्यक्रम सञ्चालन महासचिव विवेक अर्याल ले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष मनु अधिकारीले राखेका थिए ।