Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्यटन विकासका लागि एकिकृत सोचको आवश्यकता: मुख्यमन्त्री खगराज अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 3.2K
    SHARES

पोखरा । फेवा पर्यटन विकास समितिद्धारा आयोजना गरिएको खपौदी कार्निभल महोत्सवको फेवातालमा १० हजार माछाका भुरा छोडेर उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका बीच फेवातालमा माछाका भुरा छोडेर कार्यक्रमको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री अधिकारीले फेवाताल पर्यटनको आर्कषक केन्द्र विन्दु भएकाले यसको संरक्षण र सम्बद्र्धनसँगै पोखराको पर्यटन विकासका लागि एकिकृत सोच र प्रयासको खाँचो रहेको बताए । उनले पछिल्लो समय पर्यटन व्यवसाय सोचे जस्तो चलायमान नहुँदा व्यवसायीमा निराशा आएको बताउँदै समस्या आउँदा वित्तिकै आत्तिन नहुने र पर्यटन चलायमानसँगै समस्या समाधान हुने बताए ।

कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले प्रकृतिको वरदान पाएको पोखराको सुन्दरता जोगाएर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्ने धारणा राखे । कार्यक्रमममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सुस्ताएको पर्यटन प्रवद्र्धनका लागि पछिल्लो समय निजी क्षेत्रको पहला निकै भएको तर सरकारले चासो नदिएको गुनासो गरे ।

उनले नीतिगत रुपमै पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान नदिएसम्म पर्यटन विकासले गति लिन नसक्ने उनको भनाइ थियो । कमिटिका अध्यक्ष अर्जुन सुवेदीले गैह्राचौतारादेखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भए पनि पर्यटन प्रवद्र्धनमा ओझेल रहेका कारण महोत्सवबाट यस क्षेत्र प्रवद्र्धनमा जोड दिइएको बताए । उनले जेठो बुढो , लोकल माछाका स्वादिला परिकारसँगै जलारी समुदायको पहिचानमा लागि महोत्सव केन्द्रित रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वडा नं १८ का जनप्रतिनिधि मिना नेपाली नेपाली, कमिटिका संस्थापक अध्यक्ष रामकुमारी राई, उपाध्यक्ष निरञ्जन खत्रीले, सेदी टोल विकास संस्थाका अध्यक्ष राजु थापा लगायतले फरक सोच र उद्देश्यका साथ आयोजना गरिएकोे खपौदी कार्निभलले समग्र पोखराको पर्यटनलाई टेवा दिने भनाइ राखेका थिए । चैत ३० गते शुरु भएपनि महोत्सवको वैशाख १ गते उद्घाटन गरिएको हो ।

महोत्सवमा जलारी समुदायको डुंगा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कृष्ण जलारीको समुह प्रथम, टेकबहादुर जलारीको समुह द्धितिय, र सञ्जय जलारीको समुह तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । राजु जलारीको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ । विजेताहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महोत्सवमा स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शनसहित डुंगा दौड लगायत खेलकुदका कार्यक्रम रहेको साथै त्यस क्षेत्रमा होटल, रेस्टुरेन्ट लगायत पर्यटकीय संघसंस्था गरी १ सय बढी संचालित सचिव शिव थापाले बताए । उहाँका अनुसार फेवा पर्यटन विकास समितिमा भने ९७ पर्यटन व्यवसायी आबद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४