Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने निर्णय “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।

आज शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर वैशाख ९ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थापना दिवसका अवसरमा काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुने जिल्लाहरुमा आफू अनुकुल कार्यक्रम हुने छन् ।

बैठकले नेकपा एकीकृत समाजवादी छाडेका नेता मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको समेत जानकारी खतिवडाले दिएका छन्  ।

पार्टी दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै नेता न्यौपानेले नेकपा एकीकृत समाजवादी छाडेको घोषणा गरेका थिए । उनले आफूले राखेको प्रस्तावमाथि पार्टीमा छलफल नगरेको आरोप लगाएका थिए ।

तर खतिवडाले न्यौपानेले लगाएका आरोप खण्डन गर्न लायक पनि नरहेको बताएका छन्  ।

न्यौपानेले पार्टी स्थापनाको उद्देश्य विपरीतको प्रस्ताव राखेको भन्दै खतिवडाले त्यो प्रस्ताव गलत भएको र त्यो प्रस्तावमा उनी बाहेक अरु कसैले समर्थन नगरेका कारण पार्टीमा छलफल नभएको पनि बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४