Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद डा. चन्द्र भण्डारीको “भिडियो सन्देश”मेरो स्वास्थ्यमा क्रमिक सुधार भएको छ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधारभइरहेको बताएका छन् । नयाँ वर्ष २०८० का अवसरमा शुभकामना दिन शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले आफू उपचाररत अस्पताल भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट उक्त भिडियो सन्देश जारी गरेका हुन् ।

“सांसद डा. भण्डारीले भिडियो सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।”

आफू छिट्टै नेपाल फर्किने पनि उनले बताएका छन् । “छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु”उनले भनेका छन्,”नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।

आफ्नो निवासमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परी ३ फागुनमा गम्भीर घाइते भएका थिए । घटनामा उनकी आमा हरिकला भण्डारीको निधन भएको थियो । सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको उनलाई थप उपचारका लागि ४ फागुनमा एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४