Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजेश हमाल, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई राष्ट्रपतिबाट विभूषण प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महानायक राजेश हमाल,बरिष्ठ कलाकार नीर शाह, दीपकराज गिरीसहित ४५ जना कलाकारलाई नयाँवर्षको अवसरमा शुक्रबार मानपदवी, अलंकार र पदक प्रदान गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पदक वितरण गरेका हुन्  ।

शाहसहित महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,महानायक राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गरेका छन्  । दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरेका छन्  ।

मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गरेका छन्  । सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गरेका छन्  ।

प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गरेका छन्  । सरकारले गत असोज ३ गते विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४