Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड”ले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा प्रधानमन्त्री “प्रचण्ड” आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

नेकपा माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार प्रधानमन्त्री “प्रचण्ड” बिहानै केन्द्रीय कार्यालय पुगेका हुन् ।

नेकपा माओवादी केन्द्र मन्त्रीहरुसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

कार्यालय समयमा मन्त्रालय र निवासमा प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने भनेर नेकपा माओवादी केन्द्रका पदाधिकारी बैठकमा छलफल भएको थियो । सोही छलफलको आधारमा प्रधानमन्त्री र मन्त्रीहरुसँग सबैले सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको सचिव ढकालले जानकारी दिएका छन् ।

भेटघाट व्यवस्थित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेल्प डेस्क स्थापना गरिएको छ । सचिव ढकालका अनुसार हेल्प डेस्कमा खटिने कार्यालयका कर्मचारीले भेट्न खोज्नुको कारणसहितको विवरण टिपेर भेटघाटमा सहजीकरण गरिदिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४