काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सभापति रवि लामिछानेले तनहुँ–१ राजनीतिक रूपमा चेतनशील र क्रियाशील क्षेत्र भएको बताएका छन् । घरघरमा बच्चा जन्मिँदासमेत नेपाली कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा अर्थविद डा. स्वर्णिम वाग्लेलाई बोकेर पार्टी मैदानमा खडा भएको उनको भनाइ रहेको थियो ।
“तनहुँ–१ राजनीतिक रूपमा असाध्यै चेतनशील अथवा राजनीतिक रूपमा क्रियाशील ठाउँ हो’, बिहीबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभामा बोल्दै रबी लामिछानेले भने, ‘घरघरमा मान्छेहरु छोरा जन्मियो कि छोरी भन्ने भन्दा पनि नेपाली कांग्रेस जन्मियो कि कम्युनिस्ट जन्मियो भनेर भनिने राजनीतिक रूपमा असाध्यै घोलिएको ठाउँमा हामी अर्थविद डा. स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँ ।
उनले आफ्नो पार्टी कसैविरुद्ध नरहेको भन्दै गरिबी, अशिक्षा, भ्रष्टाचार र बेथितिविरुद्ध भने दुस्मन भएको बताएका छन् । उनले आफ्नो पार्टी आम नागरिकको मित्र भएको उल्लेख गर्दै देश बनाउनको लागि तपाईहरुको माझमा आएको बताएका छन् ।
रबी लामिछानेले उपनिर्वाचन योग्यता र क्षमता भएकाहरूलाई अघि बढाउने अवसर भएको भन्दै अर्थविद डा. स्वर्णिमलाई जिताउन पनि आग्रह गरेका छन् ।