Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा करिब टुंगियो मन्त्रीको नाम, थपिए सुरेन्द्र आचार्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

सत्तारुढ दलहरुबीच भएको भागबण्डामा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागबण्डा नमिलेपछि नेपाली कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो । डा.शेखर कोइराला–गगनकुमार थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाएका थिए ।

स्रोतका अनुसार थप एउटा मन्त्री लिएर भागबण्डा टुंग्याउने प्रयास भइरहेको छ ।

अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बहादुर बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन् । डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुचि देखाएका छैनन् ।

शेखर–गगन समूहले थप एउटा मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जाने थिए । स्रोतका अनुसार देउवाले ६/२ को भागबण्डा नगर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुरुमा केन्द्रीय सदस्य प्रदीप पौडेलका लागि लबिङ गरेका थिए ।

तर संसदीय दलको चुनावमा साथ नदिएका प्रदीपलाई मन्त्री बनाउन देउवा तयार भएनन् । त्यसपछि शेखर समूहबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जना मन्त्री हुने सम्भावना थियो । प्रत्यक्ष चुनाव जितेका कारण पाण्डेको सम्भावना रहेको नेताहरुले बताएका थिए ।

तर उनलाई रोकेर सुरेन्द्र आचार्य मन्त्री बन्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् ।

एक नेताका अनुसार हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महेन्द्र राय यादवले अर्को मन्त्रालय मागेका कारण मन्त्रिपरिषद विस्तारमा ढिला भएको हो । ‘आज त सम्भव नहोला, भोलितिर होला’, एक नेता भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४