Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचनमा पार्टीका तीनैजना उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइयो : ढाकाकुमार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले उपनिर्वाचनमा पार्टीका तीनवटै क्षेत्रका उम्मेदवारलाई हराउने योजनामा अडियो बाहिर ल्याइएको बताएका छन् । तर, अडियो वास्तविक नभएको उनले दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”को बुधबार आयोजित केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् ।

उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् । ‘जसले पनि बनाउन सकिने अडियो हो । मैले बोलेका भ्वाइसहरु अर्को तरिकाले बनाउन पनि सकिन्छ’, उनले भने, ‘मेरो कुराहरु जे आएको छ, त्यसमा खेद प्रकट गर्दछु ।

उनले आफ्नोबारे प्रश्न उठिसकेपछि पार्टीले निलम्बन गरेको भन्दै पार्टीको निर्णयको स्वागत गर्ने पनि बताएका छन्  । म केही समयका लागि निलम्बन परेपनि म न्यायालय गएको छु र यसबारेमा क्लिन चिट ल्याएर यहाँहरुसामु फेस देखाउँछु ।

उनले आफ्नो कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको पनि बताएका  । तर, यो चुनावको मुखमा गरिएको षड्यन्त्र भएकाले भोट दिएर पार्टीको उम्मेदवारलाई निर्धक्कका साथ अत्यधिक बहुमतले जिताउन उनले आग्रह गरेका छन्  । ‘यो पार्टीलाई तिनै निर्वाचन क्षेत्रमा हराउन गरिएको सुनियोजित योजनामा हो’, उनले भने, ‘जसले पार्टीलाई राम्रो मान्नुभएको छ, भोट दिएर अत्यधिक बहुमत दिएर लिडरहरुलाई जिताइदिनुहोला । क्लिन चिट पाएपछि म फर्किनेनै छु ।

’ मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड बार्गेनिङ गरेको विषय बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४