काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहोर नउठाएको बारेमा मन्त्रिपरिषदमा छलफल भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।
काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगरका मेयरले अभिव्यक्ति आएको भन्दै बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिएका हुन् ।
संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए ।