Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलु महोत्सवमा कृषक र विज्ञ बीच अन्र्तक्रिया


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 1.7K
    SHARES

हेमजा, २७ चैत । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत सोमवार कृषक र विज्ञ बीच अन्र्तक्रिया भएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको उक्त कार्यक्रमका बीच किसानहरुले कृषि पेशा गर्दा आइपर्ने अप्ठ्यारो, कृषि उत्पादन तथा बजारीकरण सम्बन्धमा देखिएका विभिन्न समस्या एवम् चुनौतीबारे जिज्ञासा राख्नुभयो।

त्यस अवसरमा किसानहरुको जिज्ञासाको जवाफ वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, आलु विज्ञ श्यामप्रसाद ढकाल, कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना, हेमजाका अग्रज कृषक चित्रनाथ पौडेल लगायतले दिनुभयो । कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले एमएस् ४२ जातको निलो आलु हेमजाको पहिचान भएको उल्लेख गर्दै पछिल्लो भुउपयोग नियमावली अनुसार हेमजामा कृषि भुमि घट्नु दुखद् भएको औँल्याउनुभयो ।

आलु विज्ञ श्यामप्रसाद ढकालले आफ्नो पहलमा एमएस् ४२ जातको आलुलाई राज्यले सूचिकरण गरेको दावी गर्दै सुचीकरणसँगै निरोगी मूल बीउ उत्पादन गर्न सहज भएको स्पष्ट पार्नुभयो । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना हेमजामा आलु खेती गर्ने जमिन घटेको भएपनि उत्पादकत्व भने बृद्धि हुँदै गएको जनाउनुभयो ।

महोत्सव अन्र्तगत सोमवार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारले प्रस्तुतिहरु राख्नुभयो । त्यस्तै मंगलवार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरी ढुङगाना र तुलसा क्षेत्री साथै पप कन्सर्टतर्फ उमेश, सन्जिव सिंह र ओम गुरुङका प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ । महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४