Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकैदिन कोरोना संक्रमितको संख्या १०० नाघ्यो ४४४ जना सक्रिय संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 1.7K
    SHARES

काठमाडौं। एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४