Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनता र देश जोगाउन मिसन ग्रासरुट : अधिकारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 1.7K
    SHARES

नवलपुर । नेकपा (एमाले) का संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट देश र जनतालाई जोगाउने अभियान भएको बताएका छन्। कावासोती नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले अभियानले राष्ट्रियता सवालमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरुले कहिल्यै सम्झौता नगर्ने बताए ।

मेरो सन्तानका लागि मेरो देश म बनाउछु भन्ने प्रण हरेक नेता र कार्यकर्ताले गर्नुपर्ने उनको भनाई थियो। सस्तो लोकप्रियताका लागि समस्याको वकालत गर्नेहरुले व्यबहारिक रुपमा समाधान गर्न नसक्ने उनले बताए । ‘बोलेर,प्रश्न गरेर मात्रै हुँदैन समाधान गर्ने ल्याकत राख्नुपर्छ’,उनले भने ।

केन्द्रका सरकार संघीयता विरोधी मानसिकतामा रहेको उनले बताए । ‘७० प्रतिशत केन्द्रमा राखेर कसरी संघीयता सफल बन्छ’, उनले भने । प्रदेशलाई बलियो र अधिकार सम्पन्न बनाउन सके मात्रै संघीयता सफल हुने उनको भनाई थियो ।

गठबन्धनका दलबाट देश विकास सम्भव नभएको अधिकारी बताए । ‘स्वार्थ केन्द्रित गठबन्धन केवल राजनीतिक लाभका लागि मात्रै बनेको छ, संघीयता विरोधी पनि रहेको गठबन्धनले जनताको पक्षमा काम गर्दैन’,अधिकारी भने ।

उनले गठबन्धनलाई तोडेर नेपालको पहिलो पार्टी एमाले बन्नु कार्यकर्ताहरुको अथक मिहेनतको परिणाम भएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।

आगामी निर्वाचन एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन नेतादेखी कार्यकर्ताहरुलाई प्रशिक्षित,सुदृढ र सक्रिय बनाउन मिसन ग्रासरुट अभियान संचालन गरिएको बताउदै उनले अब एमाले अझ परिस्कृत र नयाँ बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४