Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडियोमाथि संसदीय छानबिन समिति गठन गर्न माग”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 1.5K
    SHARES

काठमाडौं। सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्बजनिक भएको थियो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्‍नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ अब ? सांसद डा. ढाकाकुमार श्रेष्ठले सभापति रबी लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताएका छन्  ।

प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुने उल्लेख गर्दै उनले संसदीय छानविन समिति गठनको माग राखेका छन् । आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष  छानबिन गर्नका लागि म जोडदार माग गर्दछु’नेपाली कांग्रसका उपसभापति समेत रहेका सांसद धनराज  गुरुङले भनेका छन्  ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको उल्लेख गरेका छन्  । सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्बजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको पनि उनको भनाइ रहेको थियो ।

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने उनले माग गरेका छन । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसद डा. ढाका कुमार श्रेष्ठले मेडिकल व्यावसायीसँग दुई करोड माग गरेको सम्बन्धी अडियो प्रकरणलाई पार्टीले गम्भीर रुपमा लिएको बताएका छन् । उनले श्रेष्ठ उपर अनुसन्धान सुरु भएको पनि जानकारी गराएका छन्  ।

यस घटनाप्रति माफी माग्दै उनले अडियो प्रकरणका सम्बन्धमा तथ्यतथ्य छानबिन हुने बताएका थिए । तर, यस्ता घटना विगतमा पनि भएकाले सबै घटनाहरुको छानविन हुनुपर्नेमा उनको जोडदार माग रहेको छ । “नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन्’ प्रमुख सचेतक परियारले भनेका छन्, ‘ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४