Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिसन ग्रासरूट :प्रेस चौतारी नेपालका आयोग पदाधिकारी र सदस्यले गण्डकी प्रदेशको अनुगमन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 2.3K
    SHARES

चैत्र २६ ,पोखरा । प्रेस चौतारी नेपालको तिनवटा केन्द्रिय आयोग ( अनुशासन ,लेखा र निर्वाचन ) मा गण्डकी प्रदेशमा कार्यक्षेत्र रहनु भएका उपलब्ध केन्द्रिय पदाधिकारी र सदस्यहरूको विशेष बैठक आज पोखरामा सम्पन्न भएको छ। अनुशासन आयोग उपाध्यक्ष श्याम कुबरको अध्यक्षतामा सम्पन्न बैठकले मिसन ग्रासरूट अन्तर्गत प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण अभियान अन्तर्गत केन्द्रिय कमिटी र गण्डकी प्रदेश कमिटीबाट आयोगका पदाधिकारी र सदस्यलाई प्रदान गरिएका जिम्मेवारी गम्भीरतापूर्बक कार्यान्वयन गर्ने योजना बनाएको छ।

प्रेस चौतारी नेपालको ने क पा एमालेका उप महाचिब तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा यहि फागुन २९ गते पोखरामा सम्पन्न गण्डकी प्रदेश समितिको बैठकले आयोगका पदाधिकारी र सदस्यहरूलाइ अनुगमन ,मुल्यांकन र सुपरिबेक्षणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। जस योजना र निर्णय कार्यान्वयनको लागि सोहि मुताबिक गण्डकीका ११ वटै जिल्लामा अनुगमन र सुपरिवेक्षणका लागि जिल्ला संयोजकको ब्यबस्था गरिएको लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्सालले जानकारी दिनु भयो।

जस अनुसार कास्किमा एकराज गिरि , तनहुँमा नारायण खड्का , नवलपूरमा राजेश सोनाम ,लमजुङमा जनक श्रेष्ठ , गोर्खामा इतराज गुरुङ ,पर्बतमा श्याम कुबर , बागलुङमा राजाराम पौडेल , म्याग्दिमा दिपक पौडेल , स्याङ्जामा मुक्ति पौडेल , मनाङ् र मुस्ताङमा रामजी प्रसाद लम्साललाई संयोजक तोकिएको छ। नेकपा एमाले गण्डकी प्रदेश समितिका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेकपा एमाले गण्डकी प्रदेश समितिका सदस्य एबम प्रचार तथा प्रकाशन बिभाग उप प्रमुख पुण्य पौडेल ,प्रेस चौतारिका केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज सुश्मा पौडेल , प्रेस चौतारी नेपालका पूर्ब केन्द्रिय सचिब दुर्गा भण्डारी , लेखा आयोगका सदस्यद्वय राजाराम पौडेल र दिपक पौडेल ,निर्बाचन आयोग सदस्य एकराज गिरि सहितको उपस्तिथि रहेको थियो।

बैठकबाट केन्द्रिय समितिको सर्कुलर एबम प्रदेश समितिको निर्णय कार्यान्वयनमा विशेष अनुगमन निर्देशिका तयार गरि सुपरिवेक्षण तिब्र पार्ने निर्णय गरेको छ।
बैठकले संगठन सुदृढीकरण अभियानलाई प्रभाबकारी र ब्यबस्थित बनाउन सहजीकरणका लागि आबश्यक कार्य गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४