Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीडितको स्वास्थ्य जाँच गर्ने नभई अर्को डाक्टरको बकपत्र गराएको खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।

‘गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटियो’, जिल्ला अदालत स्रोतले भन्यो, ‘त्यो थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको छ ।

स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भने बिदामा छन् ।

साथै अर्को एकजना व्यक्तिको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।

सर्वोच्च अदालतबाट सन्दीपलाई ‘विदेशमा समेत क्रिकेट खेल्न जान दिनू’ भन्ने आदेश भएपछि जिल्ला अदालतले पीडित गौशाला २६ सँग सम्बन्धित दुईवटा सुनुवाइ गरेको छ ।

पहिलो सुनुवाइमा, जिल्ला अदालतले पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो ।

पूर्ण सुनुवाइका लागि पेशी तोकिएकोमा गतसाता पालो आएन । आइतबार भने दुईजनाको बकपत्र छुटेकाले त्यसलाई समेत समावेश गर्नु भनी इजलासले आदेश गरेको हो । अर्को पेशी तोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४