काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आप्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । उनी पार्टीबाट समानुपातिक निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य सांसद बनेका थिए ।
रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त अडिओबारे छानविन गर्न समितिसमेत बनाइएको छ ।
पार्टीको निलम्बनसँग अब संसदले पनि उनलाई निलम्बन गर्ने सम्भावना छ ।