Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा असुली गर्दै सरकार”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 1.3K
    SHARES

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा १ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ असुली गरेको छ ।

करिब ८ वर्षमा सरकारले पूर्वाधार विकास र बूढीगण्डकी आयोजना निर्माण गर्ने शीर्षकमा यो रकम असुल गरेको हो ।

१२ सय मेगावाटको बूढीगण्डकी आयोजना निर्माण गर्ने भन्दै सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थमार्फत कर उठाउन थालेको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा सरकारले बूढीगण्डकी जलविद्युत आयोजना आफैं बनाउने घोषणा गरेपछि लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर ५ रूपैयाँ भन्सार कर उठाउन सुरु गरेको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा पूर्वाधार विकास कर लिने व्यवस्था मिलाउनुभएको थियो । पछि शीर्षक परिर्वतन गरेर आर्थिक वर्ष २०७४/०७५ बाट पूर्वाधार विकास कर भनिएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ को १२ फागुनको मन्त्रिपरिषद्को निर्णयबाट पेट्रोलियम पदार्थमा लिँदै आएको ५ रुपैयाँबाट थप ५ रुपैयाँ बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्‍याइएको थियो ।

हालसम्म सरकारले पूर्वाधार विकास करको शीर्षकमार्फत इन्धन आयातमा भन्सार विन्दुमै १० रुपैयाँ शुल्क उठाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४