Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 1.2K
    SHARES

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा थिङलाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । जम्मा २ हजार ६७९ मत खसेकोमा सभापतिमा विजयी विष्टले ८४१ मत पाएका छन् । विष्टका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए ।

६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर “मदन”तेस्रो हुँदा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा थिङ “३४६ मतसहित चौथो स्थानमा रहेका थिए । सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाएका छन्  ।

लामाको प्यानलबाट कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रोहित कपालीले सभापति पदमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएको जानकारी दिएका छन्  ।

उनका अनुसार सचिव पदमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अशोक दुलालले ६५७ र नेविसंघका रुपक न्यौपानेले ६२० मत पाएका छन् ।

कोषाध्यक्ष पदमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल लोकप्रिय मतसहित विजयी भएका छन् । कुमालले १ हजार २४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रोहित कपालीले ७१२ मत पाएका छन् ।

दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् ।

पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो । चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्टले उम्मेदवारी दर्ता गराएका थिए । तर उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले युवराज लामालाई टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अध्यक्ष शेर्पाले नेविसंघका दुई जनालाई स्ववियु सभापति उम्मेदवारको टिकट दिएपछि आधिकारिकताको विवादसमेत भएको थियो । सभापतिमा विजयी भएका विष्टलाई लामाले सामाजिक सन्जाल फेसबुकमार्फत् बधाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४