Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालको ओलोचनामा उत्रिए सत्तारुढ सांसद :- थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.9K
    SHARES

काठमाडौँ । सत्ता साझेदार दलमध्ये प्रमुख घटक नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्पष्ट लक्ष्य तय गरेर काम गर्न नसकेको बताएका छन्  । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले प्रधानमन्त्रीले देशलाई संकटपूर्ण अवस्थाबाट मुक्ति दिन काम गर्न छोडेर विभिन्न सभा, समारोह र सम्मेलनको उद्घाटन गर्नमै आफूलाई व्यस्त बनाएको बताएका छन्  ।

प्रधानमन्त्री सबैभन्दा शक्तिशाली पनि हो, सबैभन्दा जिम्मेवार पनि हो,’ उनले भने, ‘सरकार भनेको एक प्रकारले प्रधानमन्त्री हो । अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा शुरु भयो । मेरो लक्ष्य प्रष्ट छ । यो लक्ष्यसम्म पुर्याउने जिम्मेवारी मेरो हो । जस भएपनि मेरो हो । अपजस भएपनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्युको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु ।

प्रधानमन्त्रीलाई फुर्सद भएको देखेर आफू छक्क परेको उनले बताएका छन्  ।

‘केही कार्यक्रममा मलाई अतिथिको रुपमा बोलाइयो,’ उनले भने, ‘मैले भने म भ्याउँदिन । आयोजकहरुले भन्नुभयो, प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अप्ठ्याराे लाग्यो, म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु । उद्घाटनमा जान भ्याइएको छ । सम्मेलनमा जान भ्याइएको छ ।

उनले घोषणा र निर्देशनले मात्रै शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्  ।

‘वैदेशिक रोजगारीमा जाँदा दुःख नदिने, एकल अंकमा ब्याजदर झार्ने, राजस्व नियन्त्रण गर्ने, प्रधानमन्त्रीले दिनुभएका निर्देशनहरु हुन्,’ उनले भने, ‘प्रधानमन्त्रीले दलितले सयौँवर्ष सम्झिने कार्यक्रम ल्याउने, गोरखकाली रबर उद्योग चलाउने, प्याकेज ल्याएर शिक्षा क्षेत्र सुदृढ गर्ने जस्ता घोषणा छन् । निर्देशन र घोषणा यो दुईवटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला त्यहाँबाट मुक्त हुनुपर्छ ।

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए । उनले न्यूनतम साझा कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताएका हुन् ।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताएका हुन्  । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताएका छन्  । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाइ छ । उनले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४