Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय हितविपरीत दूरसञ्चार विधेयक अघि बढाइँदैन : सञ्चारमन्त्री रेखा शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.3K
    SHARES

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय हितविपरीत हुने गरी दूरसञ्चार विधेयक अघि नबढाइने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

दूरसञ्चार ऐन २०५३ लाई संशोधन गर्न सरकारले ल्याउन लागेको दूरसञ्चार विधेयकमा देशलाई घाटा नपर्ने गरी सरोकारवालासँग छलफल गरेर नै विधेयक ल्याउन लागिएको बताइन् ।

सञ्चालमा आएको २५ वर्षपछि सरकारको स्वामित्वमा आउनु पर्ने दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई सरकारको स्वामित्वमा आउन नदिने गरी विधेयक ल्याउन लागिएको भन्दै सञ्चार माध्यम र सदनमा कुरा उठेको भन्दै त्यस्तो नहुने उनले बताएकी हुन् ।

‘आवश्यक परे विधेयकलाई वेवसाइटमा राखेर सरोकारवाला र सबैको सुझाव लिएर नै हामीले विधेयक अघि बढाइने छ,’ उनले भनिन् ।

दूरसञ्चार विधेयक अध्ययनका लागि सांसदलाई ७२ घण्टाको समय मात्र दिन लागेको र यसमा कुनै कम्पनीलाई फाइदा पुग्ने गरी विधेयक ल्याउन लागिएको भन्दै संसदमा सांसदहरुले कुरा उठाउँदै आएका छन् ।

‘राष्ट्रिय हितलाई सर्वोपरी ठानेर नयाँ दूरसञ्चार ऐन बनाउनु पर्ने छ,मन्त्री शर्माले भनिन् अहिलेको दूरसञ्चार विधेयकलाई अन्तिम रुप दिइएको छैन । सरकारले कानुन र नियममा टेकेर सबै काम गर्ने प्रतिवद्धता मन्त्रीको हैसियतले व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४