काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सांसद हरि ढकालले प्रतिनिधि सभा बैठकको शून्य समयमा मौनधारण गरेका छन् ।
शून्य समयमा आफ्नो कुरा राख्न सभामुखले उनलाई १ मिनेटको समय दिएका थिए । उक्त समयमा उनले आफू बसेको कुर्सीबाट उठी हातमा माइक्रोफोन लिएर “सभामुख महोदय” भनी सभामुखलाई सम्बोधन गरेपछि मौन बसेका हुन् ।
आफ्नो १ मिनेटको समय सकिने बेला अन्त्यमा उनले भने”यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेकोले मैले यो शून्य समयमा मौनधारण गरेँको छ । धन्यवाद ।”