Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘आकस्मिक समय’ मा सांसद बलायरले नियम बाहिर बोलेपछि सभामुखले रोके


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.2K
    SHARES

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई संसदको आकस्मिक समयमा बोल्नुपर्ने विषय नराखेपछि बोल्न रोकेका छन् । सांसद बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी तय नभएको बारेमा भनाई राख्दै गर्दा सभामुखले रोकेका हुन् ।

सभाुमख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सांसद बलायरले बोलेको विषय हिजोको बैठक र आजको बैठक बीचको घटना वा विषय नभएकोले आफ्नो भनाई रोक्नका लागि आग्रह गरे ।

‘वास्तवमै नेपालको संविधान २०७२ ले देशको लोकतान्त्रिक गणतन्त्र र समावेशिता जुन तय गरिएको छ त्यसको उपजले आज हामी यहाँ उपस्थित भएका छौँ । देशका ७ वटा प्रदेशमध्ये ६ वटाको प्रदेश राजधानी तय भइसकेको, सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमै २ तिहाईबाट तय गर्दा पनि अहिलेसम्म केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको जटिल परिस्थिति सिर्जना भएको छ ।

सांसद बलायरले यति भनेपछि सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा नियमावलीको व्यवस्था सम्झाउँदै थप बोल्न रोकेका हुन् । ३ मिनेट बोल्नका लागि समय दिइने संसदको आकस्मिक समयमा तत्कालको जल्दोबल्दो राष्ट्रिय समस्याका बारेमा धारणा राख्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४